अफ्रिकी मुलुक चाडका राष्ट्रपति इडरिस डेबीको मृत्यु भएको छ । गत साताको अन्तिममा मुलुकको उत्तरी क्षेत्रमा भ्रमणको क्रममा अचानक विद्रोहीले आक्रमण गर्दा डेबी घाइते भएका थिए । मंगलबार उनको मृत्यु भएको हो ।
यसअघि ११ अप्रिलमा भएको निर्वाचनको सोमबार सार्वजनिक भएको निर्वाचनको नतिजाअनुसार डेबी छैटौं कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका थिए ।
यससँगै सेनाले सरकार र संसद् विघटन गरेको छ । सेनाको परिषद्ले चाडमा १८ महिना शासन चलाउनेछ ।
तपाइँको प्रतिक्रीया