२०८२ जेठ १९ आइतबार

राशिफल

भारतमा एकै दिन ३ लाखमा कोरोना, २ हजारको मृत्यु

भारतमा मंगलबार करिब ३ लाख मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार २ लाख ९४ हजार २ सय ९१ मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको हो।

भारतमा मंगलबार २ हजार २१ जना संक्रमितले ज्यान गुमाएका छन्। कोरोनाका कारण भारतमा दैनिक यति धेरै संक्रमितको मृत्यु भएको यो पहिलो पटक हो।

भारतमा अहिले १ सय जनालाई परीक्षण गर्दा १९ जनामा कोरोना पोजेटिभ देखिने गरेको छ। महाराष्ट्र, दिल्ली, गुजरात, कर्नाटका, उत्तरप्रदेशलगायत राज्यमा कोरोनाको संक्रमण तीव्र गतिमा फैलिइरहेको छ।