नेकपा एमाले झलनाथ खनाल र माधव कुमार नेपाल समूह सर्वोच्च अदालत पुगेको छ ।
बुधबार सर्वोच्च अदालत पुगेर खनाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा अोलीले गरेको कारबाही प्रक्रिया रोक्न माग गरेको छ । अदालत पुगेपनि मुद्दा दर्ता भएको छैन् । केहीबेरमा मुद्दा दर्ता गर्ने तयारी भएको स्रोतले जानकारी दियो ।
एमालेले नेपाल पक्षका सांसदलाई कारबाही प्रक्रिया अघि बढाएपछि कारबाही रोक्न अदालत गएको नेता बेदुराम भुसालले जानकारी दिए ।
सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा बदर गर्दै नेकपा एमाले र माओवादी केन्द्र २०७५ जेठ २ मा फर्किएको फैसला गरेको थियो । नेपाल समूहले पार्टी जेठ २ गतेको अवस्थामा फर्किनुपर्ने बताउँदै आएको छ ।
एमालेले मंगलबार नेता नेपालसहितका संघका २७ जना सांसद र कर्णाली प्रदेशका ५जना सांसदलाई स्पष्टीकरण सोधेको थियो ।
तपाइँको प्रतिक्रीया