२०८२ जेठ २१ मङ्गलबार

राशिफल

अख्तियारलाई सर्वोच्च अदालतको आदेशः स्टिङ अपरेसन रोक्नू

 सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्टिङ अपरेसन नगर्न आदेश दिएको छ ।

बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित पाँच जना न्यायाधीश रहेको संवैधानिक इजलासले स्टिङ अपरेसनबारे परेको रिटमा निवेदकले माग गरेबमोजिम अदालतले आदेश जारी गरेको हो ।

अधिवक्ता विष्णुप्रसाद घिमिरेले दिएको निवेदनमा अख्तियारको स्टिङ अपरेसन खारेज गर्न माग गरिएको थियो ।