त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस अति प्रभावित जिल्लाका क्याम्पसको पठनपाठन भर्चुअल माध्यमबाट गर्न निर्देशन दिएको छ । कोराना संक्रमण बढ्दै गएको भन्दै विश्विद्यालयले ठूला शहरका कक्षा अनलाइनबाट गर्न निर्देशन दिएको हो ।
सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले एक विज्ञप्ति जारी गर्दै काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, झापा, सुनसरी, मोरङ, सप्तरी, जनकपुर, मकवानपुर, रुपन्देही, बुटवल, चितवन, बाँके, पर्सा, नेपालगञ्ज, दाङ, सुर्खेत, बागलुङ र महेन्द्रनगरमा सैद्धान्तिक कक्षा अनलाइनको माध्यमबाट सञ्चालन गर्न भनिएको छ ।
यी बाहेक जिल्लाका शहरमा भने स्थानीय तहसँगको समन्वयमा जनस्वास्थ्यका मापदण्ड लागू गरी कक्षा सञ्चालन गर्न आग्रह गरिएको छ ।
यस्तै त्रिविले आवश्यक स्वास्थ्य सावधानी अपनाई परीक्षा सञ्चालन, २५ जनाभन्दा बढी उपस्थित नहुने गरी कुनै सभा, बैठक, गोष्ठी, सभा नगर्नसमेत निर्देशन दिएको छ ।
तपाइँको प्रतिक्रीया