२०८२ जेठ २१ मङ्गलबार

राशिफल

सलमान खानको चलचित्र ‘राधे’को मे १३ मा रिलिज हुने

सलमान खानको चलचित्र ‘राधे’ मे १३ मा रिलिज हुने भएको छ । यसको ट्रेलर अप्रिल २२ मा सार्वजनिक हुँदैछ ।

चलचित्र हल र ओटीटी प्लेटफर्ममा एकसाथ रिलिज हुने भएको छ । हलमा गएर हेर्न चाहने दर्शकले टिकट काटेर र ओटीटी प्लेटफर्ममा पैसा तिरेर चलचित्र हेर्नुपर्नेछ ।

चलचित्र जी प्लेक्सबाट रिलिज हुनेछ । चलचित्रको ट्रेलर प्रभु देवाको निर्देशनमा तयार भएको चलचित्रमा सलमान खान, दिशा पटानी लगायतका कलाकारको मुख्य भूमिका छ ।

भारतमा कोरोना संक्रमण उच्च दरमा बढ्दो रहे पनि सलमानले आफू निर्मित र अभिनित चलचित्रको प्रदर्शन मिति भने सारेनन् ।