सरकारले देशमा कोरोना संक्रमण बढ्दै गएको भन्दै ५ जनाभन्दा बढी एक ठाउँमा जम्मा हुन रोक लगायो । सभा, सम्मेलन र भिडभाड नगर्न निर्देशन जारी गर्यो । तर, निर्णय गरेको २४ घण्टा नबित्दै प्रधानमन्त्री निवास बालुवाटारमा सर्यौंको भिड जम्मा भयो ।
त्यतिमात्र कहाँ हो र बुधबार चैते दशैंको अवसर पारेर चितवनमा भएको राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति स्थापना कार्यक्रममा हजारौं मानिस सहभागी थिए । माडीको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल, वागमती प्रदेशका मुख्यमन्त्री, वागमती प्रदेशका प्रमुख, प्रदेश नंं. २ का प्रमुख, सांसद, नगर प्रमुखहरुको सहभागिता थियो ।
यसरी सरकारले हजारौँको भिडमा सभा, सम्मेलन र कार्यक्रम गर्न हुन्छ भने व्यवस्थित ढंगले पूर्वनिर्धारित इन्जिनियरर्स एसोसिएसनको निर्वाचन गर्न किन हुँदैन ?
निर्वाचनका लागि एसोसिएसनले प्रज्ञा प्रतिष्ठाको सबै क्षेत्र बुुकिङ गरेको छ । धेरैभन्दा धेरै बुथ बनाएर स्वास्थ्य मापदण्ड अपनाउँदै निर्वाचन गर्दा कोरोना सर्ने त्रास त्यति नरहला नि !
अहिले कोरोनाका कारण निर्वाचन सार्नुपर्छ भन्नेहरु भोलि आफ्नो कार्यालय बन्द गरेर बस्छन् त ? या फिल्डमा काममा जाँदैनन् ? कि चिया–खाजा खान र गुटको भेला गर्न रेस्टुरेन्ट पनि जाँदैनन् ? यसो केही हुँदैन । चुनाव सार्नुपर्छ भन्नेहरु कोरोनासँग होइन कि एक पक्ष आफ्नो कार्यकाल सकिन्छ भनेर र अर्को पक्ष हारसँग डराएर भाग्न खोजेका हुन् ।
तपाइँको प्रतिक्रीया