२०८२ जेठ २१ मङ्गलबार

राशिफल

नेपालकी गौरीका सिंह फोर्ब्स म्यागाजिनको विश्व प्रसिद्ध सूचीमा

विश्व प्रसिद्ध फोर्ब्स म्यागाजिनले सार्वजनिक गरेको एसियाका प्रभावशाली ३० युवाको सूचीमा नेपालकी गौरिका सिंह परेकी छन् । उनीसँगै नेपालका प्रकाश कोइराला पनि प्रभावशाली सूचीमा परेका छन् ।

गौरीका ‘इन्टरटेन्मेन्ट एण्ड स्पोर्टस्’ विधाबाट र कोइराला ‘फाइनान्स एण्ड भेन्चर क्यापिटल’ विधाबाट प्रभावशाली सूचीमा परेका हुन् ।

मंगलबार फोर्ब्सको सूचीअनुसार विभिन्न १० विधामा प्रभावशाली ३०–३० युवाहरु समावेश छन् । सबै युवाहरु ३० वर्षमुनिका छन् । फोर्ब्सको प्रभावशाली युवाको सूचीमा परेकी गौरिका सिंहले ९ वर्षदेखि पौडी खेल्दै आएको र १२ वर्षको उमेरदेखि नेपालको तर्फबाट प्रतिस्पर्धा गर्दै आएको उल्लेख गरेको छ । सन् २०१९ को दक्षिण एसियाली खेलकूदमा गौरिकाले चार स्वर्ण, दुई रजत र तीन कास्य पदक जितेकी थिइन् ।

कोइराला फिनलिट नेपालका संस्थापक हुन् । उनले सन् २००९ यता वित्तीय साक्षरता कार्यक्रम चलाइरहेका छन् । कोइरालाले सन् २००९ मा गरिबी निवारणका लागि फिनलिट नेपाल स्थापना गरेर निम्न आय भएका मानिसहरुमा आधारभूत वित्तीय शिक्षा प्रदान गर्दै आइरहेका छन् ।