२०८२ जेठ २१ मङ्गलबार

राशिफल

माधव नेपाल समूहलाई प्रधानमन्त्रीको जवाफः समूहगत रुपमा वार्ता हुन्न

प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल समूहलाई व्यक्तिगत रुपमा सम्झाउने प्रयास भइरहेको बताएका छन् । प्रधानमन्त्री ओलीले बुधबार साँझ नेता नेपालसँग मेरियट होटलमा भेट गरेका थिए ।

‘देशभर नयाँ पार्टी बनाउने अभियान चलाउनेलाई पनि सकभर सम्झाउने–बुझाउने प्रयास भएको छ,’ उनले भने, ‘व्यक्तिगत तवरमा कुरा हुनसक्छ, व्यक्तिगत जिम्मेवारी दिन सकिन्छ, मेरो गुट भनेर हुने भागबण्डा अब चल्दैन ।’
पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले नेपाल समूहले आफूलाई सडकबाट कारबाही गरेपनि पार्टीलाई क्षति हुनबाट जोगाउनका लागि व्यक्तिगत रुपमा वार्ता गरेको बताए ।

‘उपद्रो गर्दा पनि अर्को पार्टी खोलेर हिँड्दा पनि कारवाही नगरेर सम्झाइ बुझाई गर्नेमै हाम्रो प्रयास छ । भरसक पार्टीमा क्षति नहोस भनेर व्यक्तिगत तवरमा कुरा गर्ने,उनीहरुलाई सच्याउने र जिम्मेवारी दिने कुरा हुनसक्छ । तर समूहगत रुपमा वार्ता हुन्न’, उनले भने ।