२०८२ जेठ २२ बुधबार

राशिफल

पछिल्लो २४ घण्टामा २ हजार ४२८ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा २ हजार ४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार पीसीआर परीक्षण गर्दा २ हजार ३६५ जना र ४४७ एन्टीजेन परीक्षण गर्दा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै, ५ जनाको मृत्‍यु भएको छ ।

काठमाडौँ उपत्यकामा १ हजार १ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँमा ९८७ जना, भक्तपुरमा ८१ जना र ललितपुरमा १०६ जना कोरोना संक्रमित भेटिएका छन् ।

देशभर ८१ जना क्वारेन्टाइनमा छन् भने १२ हजार ६ सय ९० जना संक्रिय संक्रमित रहेका छन् । बिहीबार २५२ जना डिस्चार्ज भएका छन् ।