नेपाल इन्जिनियर्स एसोसिएसनको ३३ औँ कार्य समितिको निर्वाचन सरेको छ । बिहीबारको कार्य समितिको बैठकले बैशाख २४ गतेका लागि तोकिएको निर्वाचन सारेको हो ।
अब निर्वाचन कहिले गर्ने भन्ने निर्णय भएको छैन । देशमा कोभिड–१९ संक्रमणको दोस्रो लहर बढ्दै गइरहेको भन्दै सार्ने निर्णय भएको हो ।
नेईएका अध्यक्ष ई. प्रा.डा. त्रिरत्न बज्राचार्य र महासचिव ई. छविराज पोख्रेलद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘कोभिड–१९ को दोस्रो लहरको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नेपाल सरकारको मन्त्रिपरिषद्को बैशाख ६ गतेको निर्णय बमोजिम अर्को सूचना जारी नहुञ्जेल निर्वाचनको सबै प्रक्रिया स्थगन गरिएको छ ।’
तपाइँको प्रतिक्रीया