२०८२ जेठ २१ मङ्गलबार

राशिफल

एप्पल कम्पनीका महत्वपूर्ण डाटा ह्याक, ६ अर्ब फिरौति माग

एक रसियन ह्याकिङ समूहले एप्पल कम्पनीसँग ६ अर्ब फिरौति माग गरेको छ । ह्याकर समूहले पैसाका लागि एप्पललाई ब्लाकमेल गरिरहेको छ र यो घटना एप्पलका भविष्यका प्रडक्टहरुसँग जोडिएको छ ।

अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार ह्याकरहरुले एप्पलका आसन्न प्रडक्ट सम्बन्धी निकै संवेदनशील डाटा ह्याक गरेको बताइएको छ । एप्पललाई ह्याक गरेर फिरौति माग्ने रुसी ह्याकर समूहको नाम रिभिल हो ।

सो ग्रुपलाई म्याकबुक तथा एप्पलका अन्य प्रडक्टहरुको उत्पादकबाट ती डाटा प्राप्त भएका थिए । ह्याकरहरुले सबैभन्दा पहिले ताइबानस्थित क्वान्टा कम्पनीलाई तारो बनाएका थिए तर क्वान्टालाई ह्याक गर्न नसकेपछि उसको एप्पल कम्पनीमाथि साइबर आक्रमण गरेको हो ।

साथै, एप्पलले सार्वजनिक गरिनसकेको ल्यापटपको तस्वीर पनि उनीहरुले लिक गरेका छन् ।

मे १ अगाडि एप्पलबाट ६ अर्ब फिरौति नपाएसम्म दिनहुँ एप्पलका नयाँ नयाँ डाटा सार्वजनिक गर्दै जाने ह्याकर समूहले चेतावनी दिएको छ ।