जग्गा अधिकृत वारेसनामा किर्ते बनाएर जग्गा बिक्री गर्ने गिरोहका १० जनालाई प्रहरीले सार्वजनिक गरेको छ। झापाको विर्तामोड–१ स्थित स्वर्गीय टुंङगबहादुर बस्नेतको नाममा रहेको जग्गा बिक्री गर्नेहरुलाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको हो ।
सो समूहले बस्नेतको नाममा रहेको कित्ता नं. ४१८३ को १ कठ्ठा १३.७५ धुर जग्गा हडपेका थिए। उक्त जग्गा पूर्वपश्चिम राजमार्गसँग जोडिएको विर्तामोड नगरपालिका वडा नम्बर १ को अतिथि सदन जाने सडक समेतले छोएको छ।
यो अवैद्य कार्यका मुख्य नाइके गौरीगञ्ज–१ कुन्जिबारीका बलराम विश्वकर्मा हुन्। उनी केही वर्षदेखि विर्तामोडमा बसेर दुई नम्बरी धन्दा चलाउँदै आएका थिए।
प्रहरीले बाह्रदशी–३ घर भई विर्तामोड–२ बस्दै आएका ३९ वर्षीय मंगलसिंह राजवंशी, नापीका पूर्व कर्मचारी एवं नमस्ते होटल चन्द्रगढीका सञ्चालक भद्रपुर –७ का ५२ वर्षीय नविन कोइराला, जग्गा कारोबारी बाह्रदशी–५ का ५० वर्षीय लिलाधर राजवंशी, विद्युत प्राधिकरण फिक्कलका कर्मचारी शिवसताक्षी–८ का भुपदेव कटुवाल, विर्तामोडमा ट्याक्टर सोरूम सञ्चालन गर्ने अर्जुनधारा –५ का ५३ वर्षीय लेखनाथ खनाल, दोभान कन्स्ट्रक्सनका सञ्चालक विर्तामोड–४ का ४३ वर्षीय गोविन्द वान्तावा, विर्तामोड १० घर भई कोटिहोम बस्दै आएका ७१ वर्षीय देवी प्रसाद पाण्डे, विर्तामोड –४ की ३३ वर्षीया रञ्जु राई र उर्लाबारी– ४ का ४८ वर्षीय राजन विश्वकर्मा पक्राउ गरेको छ ।
सोही कार्यमा संलग्न अन्य ६ जना फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
तपाइँको प्रतिक्रीया