२०८२ जेठ २१ मङ्गलबार

राशिफल

फागुनभित्रै स्थानीय तहको चुनाव हुन्छ– प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले फागुनभित्रै स्थानीय तहको चुनाव हुने बताएका छन् ।

बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकमा नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले स्थानीय तहको चुनावी तयारीमा लाग्न एमाले नेतालाई निर्देशन दिएका हुन् ।

नयाँ स्थायी कमिटी निर्माण र कर्णालीमा ‘फ्लोर क्रस’ गर्ने सांसदलाई निष्कासन गर्ने निर्णय गरेको बैठकमा ओलीले स्थानीय चुनावका लागि आजैदेखि तयारीमा जुट्नसमेत उनले आग्रह गरेका थिए ।