२०७२ को भूकम्पले भत्किएपछि पुनर्निर्माण गरिएको धरहरा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार उद्घाटन गर्दैछन् ।
धरहरा शनिबार उदघाटन गरिए पनि यसको अवलोकन गर्न भने पाइने छैन । स्रोतका अनुसार अझै धरहराको ४० प्रतिशत काम बाँकी नै छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २२ तले धरहरा पुनर्निर्माण गरेको हो । बाहिरबाट भने धरहरा ११ तलाको देखिन्छ । पुनर्निर्मित धरहरामा सुनको जलप लगाइएको गजुर र २२ औं तलामा शिवलिंग छ ।
३ अर्ब ८ करोड लागतमा रमण कन्स्ट्रक्सनले धरहरा क्षेत्र निर्माण ठेक्का पाएको छ ।
तपाइँको प्रतिक्रीया