तुलसीपुरको टरिगाउँ एयरपोर्टमा हवाई इन्धन डिपो निर्माण गर्न टेण्डर आह्वान गरिएको छ। नेपाल आयल निगम अन्तर्गत इन्जिनिरिङ तथा परियोजना विभागले टेण्डर आह्वान गरेको हो।
३० दिने सूचनासहितको आह्वान गरिएको टेण्डरअनुसार दैनिक ३ वटा जहाजले उडान भरे पनि एक महिनासम्म इन्धन पुग्ने गरी ३० केएलका २ वटा अन्डरग्राउण्डेड ट्यांक निर्माण गरिने छ।
डिपो निर्माणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले पाँच कठ्ठा जग्गा उपलब्ध गराएको छ।
तपाइँको प्रतिक्रीया