२०८२ जेठ २० सोमबार

राशिफल

क्रिकेटमा नेपालको ऐतिहासिक जित

नेपालले नेदरल्याण्ड्सलाई १४२ रनले पराजित गर्दै त्रिकोणात्मक टी–२० सिरिजमा ऐतिहासिक जित हात पारेको छ ।

कुशल भुर्तेल, कुशल मल्ल र उपकप्तान दिपेन्द्र सिंह ऐरीको शानदार ब्याटिङ गरेपछि नेपालले २३९ रनको लक्ष्य पस्किएको थियो । जवाफमा नेदरल्याण्ड्सले १७.२ ओभरमा सबै विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि करण केसीले ३ ओभरमा ११ रन खर्चेर ३ विकेट लिए । कमल सिंह ऐरी र सन्दीप लामिछानेले समान २–२ विकेट लिए ।

ब्याटिङतर्फ कुशल भुर्तेलले सर्वाधिक ७७ रन बनाए । ५५ बलको सामना गरेका उनले आठ चौका र तीन छक्का प्रहार गरे । कुशल मल्लले अविजित ५० र उपकप्तान दीपेन्द्र सिंह ऐरी ४८ रन बनाए ।

यसअघि नेपालले १३औं सागमा भुटानलाई १४१ रनले पराजित गरेको थियो । यो जित नेपालका लागि ऐतिहासिक हो । त्यस्तै, नेपालले घरेलु मैदानमा ११ वर्षपछि पहिलो उपाधि जितेको छ ।