प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा भत्किँदा ज्यान गुमाउने प्रत्येक परिवारका एक जनालाई रोजगारी दिने आश्वासन दिएका छन् ।
पुनर्निर्मित धरहराको उदघाटन कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले धरहरा ढल्दा बाँचेकालाई सम्मान प्रकट गर्दै ज्यान गुमाउने परिवारका कुनै एक सदस्यलाई रोजगारीको ग्यारेन्टी गर्ने बताए ।
उनले भने, ‘यहाँ कामको प्रकृति नमिल्ने सदस्यलाई अर्कै ठाउँमा भए पनि व्यवस्था गर्छौं।’ २०७२ सालको भूकम्पका कारण धरहरा क्षेत्रमा ६० जनाको ज्यान गएको थियो ।
तपाइँको प्रतिक्रीया