२०८२ जेठ २२ बुधबार

राशिफल

जसपाका मन्त्रीलाई कार्यकर्ताले नै देखाए कालो झण्डा

लुम्बिनी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष पाण्डेलाई आफ्नै पार्टीका नेता–कार्यकर्ताले कालो झण्डा देखाएका छन् ।

रुपन्देहीको मर्चवारमा एक कार्यक्रममा जाने क्रममा मन्त्रीलाई कालो झण्डा देखाएर र टायर बालेर विरोध जनाएका हुन् ।

जसपा रुपन्देहीका अध्यक्ष रामअवतार यादव, केन्द्रीय परिषद सदस्य रुपा मल्ल लगायतका नेता कार्यकर्ताले मन्त्री पाण्डेलाई व्यक्तिवादी, अनैतिक भन्दै नाराबाजी गरेका थिए । जसपा रुपन्देही अध्यक्ष रामअवतार यादवले पार्टी निर्णय, संसदीय दलको निर्णय विपरीत पाण्डे मन्त्री बनेकाले विरोध गरिएको बताए ।

लुम्बिनी प्रदेशमा जसपाको सांसदहरु सरकार जाने र नजाने बीचको विवाद कार्यकर्तासम्म पुगेको हो । वैशाख ६ गते शंकर पोखरेलको सरकारविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको दुई घण्टामै निर्णय बदलेर जसपाका ४ नेता मन्त्री बनेका थिए ।