२०८२ जेठ २१ मङ्गलबार

राशिफल

कोरोना कहरः ८ दिनको अन्तरमा एकै परिवारका ४ जनाले गुमाए ज्यान

कोभिड–१९ (कोरोना) संक्रमणको दोस्रो लहरबाट महाराष्ट्र राज्यको पुणेमा एकै परिवारका चार जनाको ज्यान गएको छ । पछिल्लो समय कोरोनाका कारण निकै ठूलो मनावीय क्षति ब्यहोरिरहेको भारतमा उनीहरुको आठ दिनको अन्तरमा ज्यान गएको हो ।

मृत्यु हुनेमा आमा–बुवा र उनीहरुका दुई छोरा छन् । परिवारमा बाँकी एकमात्र सदस्य बुहारीको गम्भीर अवस्थामा उपचार जारी छ । मृत्यु हुनेमा सुमन आमा कोचेकर, बुवा लक्ष्मण र छोराहरु श्यामसुन्दर र विजय छन् ।

डाक्टरहरुका अनुसार सबैभन्दा पहिले सुमनको १६ अप्रिलमा मृत्यु भएको थियो । त्यसको ६ दिनपछि उनका पति लक्ष्मणको मृत्यु भएको थियो । त्यसपछि छोराहरु श्यामसुन्दर र विजयको पनि निधन भयो । छोरा श्यामसुन्दरकी पत्नीको फोक्सोको ५० प्रतिशत भागमा संक्रमण भएको डाक्टरहरुको भनाइ छ ।