नेकपा एमालेले माधव नेपाल समूहले फ्लोर क्रस गर्ने तयारी गरिरहेको बताएको छ ।
आइतबार बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले नेपाल समूहले कर्णाली प्रदेशसमा जस्तै फ्लोर क्रस गर्ने तयारी गरिरहेको आँकलन गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता प्रदीप ज्ञवालीले कर्णाली प्रदेशमा जस्तै अरु ठाउँमा पनि ‘फ्लोर क्रस’ गराउने तयारी भइरहेको जानकारी पाएको बताएका छन् । उनले अविश्वासको प्रस्ताव ल्याउने कोसिस भइरहेको बताए ।
‘अहिले अविश्वासको प्रस्तावहरु ल्याउने कोसिस पनि भइरहेको छ । प्रतिपक्षीले ल्याउने कुरा त धेरै ठूलो कुरा भएन, कर्णाली प्रदेशमा जस्तै विभिन्न ठाउँमा फ्लोर क्रस गराउन प्रयास हुँदै छन् । आवश्यक निर्णय उपयक्त समयमा गर्छौँ,’ उनले भने ।
अरु सांसदको स्पष्टीकरणबारे निर्णय लिने जिम्मा स्थायी कमिटीलाई दिइसकेको छ । सोहीअनुरुप उपयुक्त समयमा निर्णय लिने ज्ञवालीले बताए ।
तपाइँको प्रतिक्रीया