२०८२ जेठ २२ बुधबार

राशिफल

सबै परीक्षा स्थगित, हवाई यात्रुलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्न सीसीएमसीको निर्णय

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले भारतीय नाकाबाट प्रवेश गर्न रोक लगाउन सिफारिस गरेको छ ।

आइतबार साँझ सिँहदरबारमा बसेको सीसीएमसीको बैठकले कोरोना भाइरसको संक्रमणदर उच्च भएको भन्दै भारतबाट प्रवेश गर्न रोक लगाउन सरकारलाई सिफारिस गरेको हो ।

त्यस्तै आजको बैठकले सोमबारबाट सबै परीक्षा स्थगित गर्न सरकारलाई सिफारिस गरेको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले विद्यालयदेखि विश्वविद्यालयसम्मले सञ्चालन गर्ने सबै परीक्षा स्थगित गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

साथै बैठकले हवाई यात्रुहरुमा पनि कडाई गर्न सरकारलाई सिफारिस गरेको छ । हवाईजहाजबाट नेपाल आउनेहरुलाई १४ दिन क्वारेन्टाइनमा राख्न बैठकले सिफारिस गरेको हो ।