२०८२ जेठ २१ मङ्गलबार

राशिफल

लकडाउनबारे निर्णय गर्न मन्त्रिपरिषद्को बैठक बस्दै

आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार अपराह्न ५ बजे बालुवाटारमा बैठक बोलाएका हुन् ।

बैठकले कोरोना संक्रमण बढेका क्षेत्रमा लकडाउन गर्ने सम्भावना रहेको एक मन्त्रीले जानकारी दिए ।

आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले आजदेखि सञ्चालन हुने सबै परीक्षा स्थगित, विदेशबाट आउने हवाई यात्रुहरुलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राख्नुपर्ने, भारतसँगका सीमानाकाहरुबाट विदेशी नागरिकहरुलाई नेपाल प्रवेश गर्न रोक लगाउन सरकारलाई सिफारिस गरेको थियो ।