सरकारले तत्काल सीमा नाका बन्द नगर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भारतसँगको स्थल सीमा नाकाहरुबाट नेपालीहरुको आवतजावत बन्द नगर्ने निर्णय गरेको हो ।
भारतमा कोरोना भाइरस संक्रमण बढ्दै गएको र नेपालमा पनि फैलिरहेको अवस्थामा सरकारले सीमा नाका बन्द नगर्ने भएको हो ।
सीमा नाका नेपालीलाई खुला गरिए पनि गैरनेपालीको हकमा भने विशेष अवस्थामा बाहेक आवतजावत बन्द हुनेछ ।
त्यस्तै, आन्तरिक हवाई उडान पनि खुला रहनेछ । सरकारले काठमाडौं उपत्यकामा यातायातका साधन बन्द गरे पनि हवाई मार्ग भने सुचारु राखेको हो ।
तपाइँको प्रतिक्रीया