२०८२ जेठ २२ बुधबार

राशिफल

नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल भर्नुअल हुने

नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) को चौथो संस्करण भर्चुअल हुने भएको छ । पछिल्लो समय कोरोनाको कहर बढेपछि निफ अनलाइनमार्फत हुन लागेको हो ।

वैशाख २३ देखि २७ गतेसम्म हुने निफमा नेपाली फिचर फिल्मबाहेक ५२ देशका ४ सय ५० बढी फिल्मले सहभागिता जनाउँदैछन् ।

यो वर्ष कोरोना महामारीको विषयमा बनेका फिल्म पनि अलग्गै विधामा प्रतिष्पर्धामा छन् ।