२०८२ जेठ २२ बुधबार

राशिफल

म्यानचेस्टर सिटीले लगातार चार पटक जित्यो इंग्लिस नकआउट फुटबल

म्यानचेस्टर सिटीले इंग्लिस नकआउट फुटबल प्रतियोगिता लिग कपको उपाधि जितेको छ । टोटनह्यामलाई पराजित गरी जित हात पारेपछि उसले लगातार चौथोपल्ट यो उपाधी हात पारेको हो । सिटीको यो समग्रमा आठौं लिगकप उपाधि हो ।

फाइनलमा सिटीले १–० गोलअन्तरको जित हासिल गरेको हो । सिटीका लागि निर्णायक गोल ८२ औं मिनेटमा डिफेण्डर एमरिक लापोर्टेले गरेका थिए ।

सिटीले पहिल्ला चार सिजन लिग कपको उपाधी जितेर लिभरपुलको कीर्तिमान बराबरी गरेको छ । लिभरपुलले सन् १९८०–८१ देखि सन् १९८३–८४ मा लगातार चार सिजन लिग कप जितेको थियो ।