माथिल्लो त्रिशूली ३ बी जलविद्युत् आयोजनाको काम पुनः सुरु भएको छ। कोभिड–१९ महामारीका कारण लामो समय बन्द रहेको ३७ मेगावाटको आयोजनाको काम पुनः सुरु भएको हो ।
नयाँ वर्ष मनाउन गएका चिनियाँ कामदार फर्कन नसक्दा र चीनबाट उपकरण तथा सामाग्री ल्याउन नसक्दा आयोजनाको काम एक वर्षभन्दा लामो समय ठप्प थियो ।
ठेकेदार चिनियाँ कम्पनी सिचुआन एएनएचई हाइड्रोइलेक्ट्रिक इक्जिनियरिङले अहिले मुख्य सुरुङ, विद्युतगृहलगायतका संरचना निर्माणको कार्य गरिरहेको छ ।
हाल, निर्माणमा ६४ जना चिनियाँ र ८१ जना नेपाली श्रमिकहरु खटिएका छन् ।
तपाइँको प्रतिक्रीया