२०८२ जेठ २१ मङ्गलबार

राशिफल

उपत्यकामा २ साता लकडाउन गर्ने मन्त्रिपरिषद्को निर्णय

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुई साता निषेधाज्ञा (लकडाउन) गर्ने निर्णय गरेको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले एक साताका लागि लकडाउन गर्न सिफारिस गरे तापनि मन्त्रिपरिषद् बैठकले एक साता थप गरेको हो ।

१४ दिन क्वारेन्टिनको अवधि हुने भएकाले यसअघिको अभ्यासका आधारमा १५ दिन निषेधाज्ञा गर्ने निर्णय भएको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकाल जानकारी दिए ।

अब बैशाख १६ गते राति १२ बजेदेखि दुई सातासम्म लकडाउन हुनेछ । लकडाउनमा अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द हुनेछ ।