बैशाख १६ गतेदेखि लकडाउन हुँदैछ । यस्तोमा दुई दिन सर्वसाधारणले काठमाडौं उपत्यका छाड्ने अवसर पाएका छन् । १४ गते मंगलबार उपत्यका छाड्नेहरुको भिड देखिएको छ ।
काठमाडौैंबाट बाहिर जाने नाकाहरुमा भिड बढेको हो । गोंगबुस्थित नयाँ बसपार्क, कोटेश्वर, कलंकी लगायतका क्षेत्रमा घर फर्किनेहरुको संख्या बाक्लो देखिन्छ ।
दुई साता लकडाउन हुने भएपछि व्यापार–व्यवसाय र स्कुल–कलेज बन्द हुनेछ । यस्तोमा घर जानेहरु बढेका छन् । अन्य समयमा यात्रु नपाएर खाली हिँड्न बाध्य यातायात मंगलबार यात्रुले खचाखच छन् । साथै, बसहरु पनि थपिएका छन् ।
तपाइँको प्रतिक्रीया