२०८२ असार १९ बिहीबार

राशिफल

हरेक वर्ष एक महिनाको तलब कसलाई दिन्छन्, पूर्वसचिव भीम उपाध्याय ?

सरकारका पूर्वसचिव भीम उपाध्यायले महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई हरेक वर्ष एक महिनाको पेन्सन दिन्छन् ।

उनले आफूले पाउने पेन्सन रकमको एक महिनाको तलब आविष्कार केन्द्रलाई सहयोग सहयोग गर्दै आएका छन् । मंगलबार पनि आफ्नो जन्मदिनमा उनले एक महिनाको पेन्सन केन्द्रका महावीर पुनलाई उपलब्ध गराएका छन् ।

फेसबुकमा पेन्सन दिएपछि उपाध्यायले लेखे, ‘आविष्कार केन्द्र उद्यमशील बन्न चाहने प्राविधिक युवा प्रतिभाहरूका निम्ति सीप तथा बुद्धि खेलाउने प्राविधिक मन्दिररूपी प्रयोगशाला हो। यस्ता इनोभेशन केन्द्रहरू देशका विभिन्न ठाउँमा खोलिदै जाउन्। यो मन्दिर पुग्दा मलाई जहिले पनि त्यसै आनन्द लाग्ने गर्छ।’