२०८२ जेठ २० सोमबार

राशिफल

सरकारको विषयमा निर्णय गर्न जसपाको कार्यकारिणी बैठक बस्ने

जनता समाजवादी पार्टी (जसपा) सरकारको विषयमा निर्णय गर्न कार्यकारिणी बैठक बस्ने भएको छ ।

मंगलबार शीर्ष नेताहरू महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठबीच पार्टी कार्यालयमा भएको भेटमा देशको पछिल्लो राजनीतिक अवस्था र सरकारको विषयमा निर्णय गर्न कार्यकारिणी बैठक बोलाउने सहमति भएको हो ।

सो बैठकमा वर्तमान सरकार परिवर्तन गर्ने वा कायमै राख्ने भन्ने राय बुझ्ने र सोहीअनुसार निर्णय लिने जसपा स्रोत बताउँछ । उता, एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारीमा रहेका कांग्रेस र माओवादी केन्द्रले जसपाको निर्णय कुरेर बसेको छ।