नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बंगलादेशमा एमबिबिएस पास गरी डाक्टर बनेर आएकाहरूको एसएलसी सर्टिफिकेट छानविन गरिरहेको छ।
आवश्यक जिपिए नहुनेहरूले एसएलसीको सर्टिफिकेट किर्ते गरेको खुलेपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको हो । ६ जना विद्यार्थीको एसएलसी सर्टिफिकेट किर्ते भेटिएपछि प्रहरीले यस सम्बन्धन्धमा थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
प्रहरीले एलएलसीमा नम्बर सच्याएर बंगलादेश पढेर डाक्टर भएर आइसकेकाहरूको छानविन गरिरहेको छ । नक्कली एसएलसी सर्टिफिकेट प्रकरणमा ब्युरोले दुई एजुकेसन कन्सल्टेन्सीका सञ्चालकलाई पक्राउ गरिसकेको छ ।
तपाइँको प्रतिक्रीया