२०८२ जेठ २२ बुधबार

राशिफल

कांग्रेस केन्द्रीय सदस्यहरुमा देखिएन कोरोना, बुधबार बैठक बस्दै ।

कांग्रेसका एक सयभन्दा बढी केन्द्रीय सदस्यहरूको स्वाब संकलन गरेर कोरोना परीक्षण गरिएकोमा उनीहरुलाई संक्रमण नदेखिएपछि केन्द्रीय समिति बैठक बस्ने भएको छ ।

बैठक बुधबार दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । बैठकमा १४ औं महाधिवेशन, समसामयिक राजनीतिक घटनाक्रम, क्रियाशील सदस्यतालगायत विषयमा छलफल हुनेछ ।

कांग्रेस प्रधानमन्त्री केपी शर्मा ओलीवरुद्द अविश्वासको प्रस्ताव ल्याउन सकारात्मक छ । तर, जसपाले निर्णय नगरेका कारण प्रक्रिया अघि बढ्न सकेको छ । आजको बैठकमा यस विषयमा पनि छलफल हुनेछ ।