२०८२ जेठ २१ मङ्गलबार

राशिफल

मूल्यांकनकर्ता प्राविधिकमाथि कुटपिट– भ्यालुयर्स एसोसिएसनको विज्ञप्ति

नेपाल भ्यालुयर्स एसोसिएसनका सदस्य नोभेल इन्जिनियर्स कन्सन्टेन्टमा कार्यरत प्राविधिक सुसल पौडेलमाथि कुटपिट भएको छ ।

मेघा बैंकबाट काममा खटिएर मूल्यांकनको काम गर्ने क्रममा आफूमाथि नौलाखा कन्स्ट्रक्सन एन्ड सप्लायर्सका श्याम थापाले कुटपिट गरेको पीडितको आरोप छ ।

आफूले भने बमोजिक काम नगरेपछि हातपात गरी ज्यान मार्ने धम्कीसमेत दिएको पीडितले आरोप लगाएका छन् । आफ्नो काममा खटिएका प्राविधिकमाथि भएको हातपातको विरोध गर्दै भ्यालुयर्स एसोसिएसनले विज्ञप्ति जारी गरेको छ ।

भ्यालुयर्स एसोसिएसनका अध्यक्ष ई. ऋषि कोइराला र महासचिव ई. मुक्ती पोण्डेले जारी गरेको विज्ञप्तिमा इन्जिनियर तथा प्राविधिकको सुरक्षाको ग्यारेन्टी माग गरिएको छ ।