काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा बिहे भोजमा सहभागी भएका १५ जनामा कोरोना संक्रमण देखिएको छ ।
एकजनामा संक्रमण पुष्टि भएपछि छरछिमेकीहरुको पनि परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो । सो भोजमा सहभागी दुई जनप्रतिनिधिसमेत संक्रमण देखिएको छ ।
काभ्रेपलाञ्चोकमा बुधबार ५० जनामा कोरोना संक्रमण देखिएको छ । सरकारले बिहे भोजमा १५ जनाभन्दा बढी सहभागी हुन नपाउने निर्देशन जारी गरे तापनि स्थानीयस्तरमा धेरै सहभागी हुँदै आइरहेका छन् ।
तपाइँको प्रतिक्रीया