राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाही सम्पर्कबिहीन भएपछि गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ । अविश्वासको प्रस्तावमाथि मतदान हुने भनिएको बैठक सभामुख नेत्रनाथ अधिकारीले सांसद सम्पर्कबिहीन भएको भन्दै स्थगित गरेका हुन् ।
सांसद सक्पर्कबिहीन भएको विषय सम्बोधन नगरी बैठक बस्न उपयुक्त नहुने भन्दै उनले अनिश्चितकालका लागि बैठक स्थगित गरेका हुन् ।
राष्ट्रिय जनमोर्चाका तीन सांसदमध्ये शाही बैठकमा आएका थिएनन् । उनको अवस्था सार्वजनिक गर्न माग गर्दै जनमोर्चा संसदीय दलकी सचेतक पियारी थापाले बुधबार नै प्रदेशसभामा निवेदन दिएकी थिइन् ।
उता, जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले गण्डकी घटनाबारे आफूले सत्य–तथ्य बुझ्ने बताएका छन् । हाल उनी आइसीयूमा रहेको कुरा आफूले सुनेको केसीले बताएका छन् । उनी कोरोनाका कारण आइसीयूमा गएका हुन् या बहाना हो भन्ने विषय बुझ्ने केसीको भनाइ छ ।
तपाइँको प्रतिक्रीया