चितवनमा बैशाख १६ गतेदेखि लकडाउन हुने भएको छ । बुधबार जिल्ला क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसीएमसी) को बैठकले १६ गते रातिदेखि ३१ गते रातिसम्म लकडाउन गर्ने निर्णय गरेको हो।
चितवनमा कोरोना संक्रमितको संख्या ५ सय नाघिसकेको छ । चितवनमा बुधबारसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ५८५ पुगेको छ।
त्यस्तै, रुपन्देहीमा पनि १६ गतेदेखि वैशाख ३० गतेसम्म लकडाउन जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मंगलबार एक आदेश जारी गर्दै तीव्र रुपमा फैलिएको कोरोनाको दोस्रो लहरको नियन्त्रणका लागि बिहीबार बिहान ६ बजेदेखि वैशाख ३० गते बिहान ६ बजेसम्मका लागि लकडाउनको निर्णय गरेको हो ।
दुवै जिल्लामा लकडाउन अवधिमा अत्यावश्यक सेवाबाहेक अन्य सबै प्रकारका गतिविधिमा रोक लगाइएको छ ।
तपाइँको प्रतिक्रीया