किर्तिपुरमा अत्याधुनिक नयाँ फिल्म हल संचालनमा आउने भएको छ। हाल हल निर्माण कार्य भइरहेको छ ।
वितरक नरेन्द्र महर्जनले पहिलो चरणको लकडाउन सकिएसँगै हलको निर्माण सुरु गरेका थिए । किर्तिपुरमा यसअघि रहेको हललाई मोडिफाई गरेर नयाँ बनाउन लागिएको हो ।
२८० सिट क्षमताको हल २ पर्दा सहित संचालनमा आउनेछ । २ करोड भन्दा बढी लगानीमा संचालन हुन लागेको हलमा कोरोना महामारीपछि दर्शकले प्रवेश पाउनेछन् ।
किर्तिपुरमा दर्शकलाई चलचित्र हेर्ने सुविधा नरहेको अवस्थामा आफूले सहजताका लागि पुरानो बन्द रहेको हल संचालनमा ल्याउन लागेको उनले जानकारी दिएका छन् ।
तपाइँको प्रतिक्रीया