२०८२ जेठ १९ आइतबार

राशिफल

पूर्वरानी कोमल आइसीयूमा, प्रतिमिनेट १० लिटर अक्सिजन

कोरोनाभाइरसको संक्रमणपछि राजधानीको नर्भिक अस्पतालमा भर्ना भएकी पूर्वरानी कोमल शाह आइसीयूमा भर्ना भएकी छन् ।

केही दिनदेखि अस्पताल भर्ना भएकी उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि आइसीयूमा भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ । पूर्व राजा ज्ञानेन्द्रको भने नर्मल वार्डमा उपचार भइरहेको छ ।

यसअघि प्रतिमिनेट ३ लिटर अक्सिजन लिइरहेकी उनलाई आइसीयूमा राखेपछि प्रतिमिनेट १० लिटरसम्म अक्सिजन दिनु परिरहेको छ ।

भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएको केही दिनमै उनीहरु संक्रमित भएका थिए ।