नबिल बैंक वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी नाफा कमाउने बैंक बनेको छ । उसले पछिल्लो त्रैमासमा १ अर्ब ६७ करोडभन्दा बढी नाफा आर्जन गरेको छ ।
यसअघि दोस्रो त्रैमासमा सबैभन्दा बढी नाफा कमाउनेमा ग्लोबल आईएमई बैंक थियो ।
पछिल्लो नौ महिनाको अवधिमा नबिल बैंकको खुद मुनाफा ३ अर्ब ६८ करोड रुपैयाँ छ । यसै अवधिमा ग्लोबल आईएमई बैंकले ३ अर्ब ५७ करोड रूपैयाँ नाफा कमाएको छ ।
नबिल बैंकले गत वर्षको तुलनामा १६.५६ प्रतिशले नाफा बढाएको छ ।
तपाइँको प्रतिक्रीया