बिहीबार निषेधाज्ञा उल्लंघन गर्ने करिब १९ सय २० सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सवारी पासबिना चलेका १ हजार ३५५ मोटरसाइकल, १८४ ठूला सवारी, ३८१ साना जिप र कारहरु होल्ड गरिएका हुन् ।
ती सवारीलाई साँझ ७ बजेपछि मात्र छाडिनेछ । साथै, ठूलो संख्यामा पैदलयात्रुलाई पनि होल्ड गरिएको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया