स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङ्गे) गण्डकी प्रदेशको मन्त्री बनेका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्दै उनलाई मन्त्री बनाएका हुन् ।
उनलाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकरी दिए ।
उनले बिहीबार नै मन्त्रीको शपथ लिनेछन् । गण्डकी प्रदेश सरकारविरुद्द अविश्वासको प्रस्ताव दर्ता भएका बेला उनी मन्त्री बन्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
तपाइँको प्रतिक्रीया