पछिल्लो २४ घण्टामा ४ हजार ९२९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५९७ पीसीआर परीक्षण गर्दा ४ हजार ८३१ जना र ९६३ एन्टिजेन परीक्षण गर्दा ९७ जनामा संक्रमण देखिएको हो ।
त्यस्तै, संक्रमणबाट बिहीबार ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २४६ पुगेको छ ।
हाल नेपालमा संक्रमितमध्ये ३३७ जना आइसियूमा र १०७ जना भेन्टिलेटरमा रहेका छन् ।
तपाइँको प्रतिक्रीया