गृह मन्त्रालयले निषेधाज्ञा जारी भएका जिल्लाका नागरिकका नाममा बिज्ञप्ति जारी गरिेको छ । उसले अति आवश्यक नपरी घरबाट ननिस्कन अनुरोध गरेको छ।
मन्त्रालयले अत्यावश्यकबाहेकका आवागमनमा रोक लगाइएकाले निषेधाज्ञा अवधिभर घरबाट ननिस्कन तथा यात्रा नगर्न अपिल गरेको हो।
मन्त्रालयका प्रवक्ता जनकराज दाहालले जारी गरेको बिज्ञप्तिमा भनिएको छ, ‘कोभिड–१९ को दोस्रो लहरको संक्रमण तीव्र फैलिरहेका कारण उत्पन्न यस विषम परिस्थितिको सामना गर्न सरकारका प्रयासका अतिरिक्त अन्य सबै सरोकारवालाका सहयोग र सहकार्य पनि त्यत्तिकै जरुरी हुने भएकाले सरकारद्वारा जारी निर्देशन एवं स्वास्थ्य मापदण्ड तथा प्रमुख जिल्ला अधिकारी निषेध आदेशको पूर्ण रूपमा पालना संक्रमण फैलिन नदिन सरकारका तर्फबाट गरिएका प्रयासमा सम्बद्ध सबै पक्षबाट पूर्ण सहयोग हुनेछ भन्ने अपेक्षासहित सबैका जानकारीका लागि यो बिज्ञप्ति जारी गरिएको छ।’
तपाइँको प्रतिक्रीया