प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री केपी शर्मा ओली आइसोलेसनमा नरहेको बताएका छन् । केही संचारमाध्यममा प्रधानमन्त्री आइसोलेसनमा रहेको झूटो समाचार आएको थापाले बताएका छन् ।
एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकमा सहभागी नेतामा कोरोना संक्रमण देखिएपछि एमाले अध्यक्षमेत रहेका प्रधानमन्त्री आइसोलेसनमा बसेको हल्ला चलेको थियो ।
‘मिडियाको भ्रम प्रचार’ शीर्षकमा थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कतिपय सञ्चारमाध्यमले नियोजित रूपमा प्रधानमन्त्री आइसोलेसनमा भनी तथ्यहीन सम्प्रेषण गरेर भ्रम फैलाउनु खेदजनक छ। भेरिफाई नै नगरी यस्तो दुष्प्रचारमा संलग्न नहुन सम्बन्धित सबैको ध्यानाकर्षण गर्न चाहन्छु।’
तपाइँको प्रतिक्रीया