२०८२ असार १९ बिहीबार

राशिफल

निषेधाज्ञा उल्लंघन गर्ने ३ जना एक महिनाका लागि जेल चलान

निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले तीन जनालाई एक महिनाका लागि जेल चलान गरेको छ ।

निषेधाज्ञाको अवज्ञा र प्रहरीसँग विवाद गरेको भन्दै रुपन्देही प्रहरीले नौ हजार एक सय रुपैयाँ जरिवाना तिर्न नसकेका तीन जनालाई कारागार चलान गरेको हो ।

कारागार चलान हुनेहरुमा मायादेवी गाउँपालिका–४का दिनेश यादव, सिद्धार्थनगर नगरपालिका–८ का श्याम दुबे र मायादेवी–२ का महेन्द्र कोहार रहेका छन् ।

संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम उनीहरुलाई कारबाही गरिएको हो ।