माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले तत्काल नयाँ सरकार बन्ने सम्भावना नरहेको बताएका छन् । उनले नयाँ सरकारको सन्दर्भमा कांग्रेससँग कुनै सहमति नभएको समेत उल्लेख गरेका छन्।
हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’मा अन्तर्वार्ताका क्रममा उनले जसपाले निर्णय गर्न नसक्दा तत्कालै सरकार बन्ने संकेत गरेका हुन् ।
आफूहरुले मात्र चाहेर नयाँ सरकार नबन्ने बताउँदै प्रचण्डले भनेका छन्, ‘यसो छाँट हेर्दा त होला जस्तो छैन । जसपाले निर्णय गर्दैन, जसपाले निर्णय नगरी कांग्रेस तयार हुँदैन । हामीले मात्र चाहेर पुग्दैन ।’
तपाइँको प्रतिक्रीया