२०८२ जेठ २३ बिहीबार

राशिफल

जसपाका चार नेता सर्वोच्च अदालतमा !

जनता समाजवादी पार्टी (जसपा) का चार नेता सर्वोच्च अदालत पुगेका छन् । आफूहरूलाई अवैध तरिकाले पदमुक्त गरिएको भन्दै निर्णय बदर गर्नुपर्ने मागसहित उनीहरु अदालत पुगेका हुन् ।

लुम्बिनी प्रदेश सांसदबाट पदमुक्त गरिएपछि प्रदेश सभाको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च गएका उनीहरुको किर्ते काम गरेर आफूहरुलाई संसदबाट हटाइएको आरोप छ ।

जसपा केन्द्रीय कार्यकारिणी समिति र प्रदेश संसदीय दलले निष्कासन गरेको जानकारी गराएकाले प्रदेशसभा नियमावली २०७४ को नियम १९१ बमोजिम सन्तोषकुमार पाण्डे, कल्पना पाण्डे, सुमन शर्मा रायमाझी र विजय यादवलाई प्रदेशसभा सदस्यबाट निष्कासन गरिएको प्रदेशसभा सचिवालयले सूचना जारी गरेको थियो ।