कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन संख्या नपुगेको बताएका छन्। आफ्नै निवास बूढानीलकण्ठमा शुक्रबार गरेको पत्रकार सम्मेलनमा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग वार्ता भने भइरहेको जानकारी दिए।
साथै, उनले एमसिसीबारे भ्रम फैलाइएको पनि बताएका छन्। उनले
बाबुराम भट्टराई, सुशील कोइरालाका पालादेखि एमसिसीको प्रक्रिया अगाडि बढेको र आफ्नो नेतृत्वमा रहेको सरकारले मन्त्रिपरिषदबाट पास मात्रै गरेको बताए ।
देउवाको प्रश्न थियो, ‘यो सित्तैमा दिएको अनुदान हो, ब्याज तिर्नु पनि पर्दैन। तर हरेक भ्रम फैलाइएको छ। अमेरिकी सेना आउँछ भनेर, कसले आउन दिन्छ नेपालमा अमेरिकी सेना ?’
तपाइँको प्रतिक्रीया