२०८२ जेठ २१ मङ्गलबार

राशिफल

ओली सरकारविरुद्द अविश्वासको प्रस्तावमा जसपाका बहुमत सांसदको हस्ताक्षर

जनता समाजवादी पार्टी (जसपा) को बहुमत पक्षले प्रधानमन्त्री केपी शर्मा ओली विरूद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने भएका छन् । जसपाको बहुमत कार्यकारिणी सदस्यको बैठकले ओलीविरूद्धको अविश्वास प्रस्तावलाई सहयोग गर्ने निर्णय गरेको हो।

जसपाका १८ जना सांसदले अविश्वास प्रस्तावका लागि हस्ताक्षर गरेका छन्। यदि अविश्वास प्रस्ताव दर्ता भएमा यो संख्या अझै बढ्ने स्रोत बताउँछ । त्यस्तै, ५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये अविश्वासको पक्षमा २६ जनाको हस्ताक्षर रहेको छ ।

जसपामा पार्टी एकताअघिको संघीय समाजवादी पार्टीका १७ र पूर्व राष्ट्रिय जनता पार्टीका १७ सांसद छन्। दुवै पक्षका एक–एक सांसद निलम्बनमा छन् ।